सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वर्षापछि काठमाण्डौ उपत्यकासहितका क्षेत्रमा प्रदूषण कम, आज पनि मेघगर्जनसहित पानी पर्ने अनुमान

32
Sana Kishan

पानी परेपछि काठमाण्डौ उपत्यकासहितका क्षेत्रमा प्रदूषण कम भएको छ । लामो समयसम्म पानी नपर्दा प्रदूषण बढेको थियो । हिजोको वर्षाले भने धुलोमैला पखालेको छ । झण्डै पाँच महिनादेखि पानी नपर्दा काठमाण्डौ उपत्यकामा धुवाँधुलो र प्रदूषण बढेको थियो ।

हिजो दिउँसो काठमाण्डौसहित बाग्मती प्रदेशका केही ठाउँ र पोखरासहित गण्डकी प्रदेशका केही ठाउँमा पानी परेको हो । आज पनि काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश–१ का थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Arus
Karnali Traders

यस्तै, आज पनि हिमाली र उच्च पहाडी क्षेत्रका एक÷दुई ठाउँमा हल्का हिमपात हुने महाशाखाको अनुमान छ । आज दिउँसो वर्षाको सम्भावना रहे पनि राति भने पानी नपर्ने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज हिजोको भन्दा कम र भोलि आजको भन्दा कम वर्षाको सम्भावना छ ।

यसपालि हिउँदयाम सकिनै लाग्दा हिउँदे वर्षा भएको हो । यसअघि पश्चिमी क्षेत्रमा केही वर्षा र हिमपात भए पनि अन्य क्षेत्रमा पानी पर्न सकेको थिएन । हिउँद सकिनै लाग्दा भएको वर्षाले केही राहत दिएको छ। उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.