सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाण्डौ उपत्यकामा साढे ४ महिनापछि वर्षा

काठमाण्डौ उपत्यकामा साढे ४ महिनापछि वर्षा भएको छ । यसअघि असोज २८ गतेमात्र काठमाण्डौ उपत्यकामा पानी परेको थियो ।

आज आइतवार काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा मेघगर्जन÷चट्याङसहित सामान्य पानी परिरहेको छ । आकाशमा गड्याङगुडुङ र चट्याङसहित हावाहुरी चलेर वर्षा भइरहेको छ ।

Sana Kishan

काठमाण्डौ उपत्यकाको भक्तपुर, ललितपुर, कीर्तिपुर, साँखुलगायतका क्षेत्रमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले बताउनुभयो । पश्चिमी वायुको प्रभावका कारण आज देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको छ ।

World Link Ads
Mahakali Polytechnic

आज पोखरा, लमजुङ, गोरखालगायत क्षेत्रमा पनि वर्षा भएको छ । उच्च पहाडी क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षाको प्रणाली कमजोर हुँदै गएकाले केही घण्टा मै पानी रोकिने महाशाखाको अनुमान छ । तत्काल ठूलो वर्षा हुने कुनै सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.