
काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा अहिले मौसम बदली भएको छ । मौसम बदली भएका क्षेत्रमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले काठमाण्डौ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रका मौसम बद्ली भएको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । पश्चिमी वायुको प्रभावले मौसम बदली भएको उहाँको भनाई छ । आज राति कतै कतै मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उज्यालो अनलाइन बाट सभार
