सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा आज हल्का वर्षाको सम्भावना

38
Sana Kishan

आज पनि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुने अनुमान गरिएको छ । यी दुई प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । हिजो प्रदेश १ को ताप्लेजुङमा र गण्डकी प्रदेशको जोमसोमतिर हल्का वर्षा भएको थियो ।

पानी परेपछि त्यस क्षेत्रका किसान खुशी भएका छन् । लामो समयसम्म पानी नपर्दा कृषि बालीमा नोक्सानी भोगिरहेका किसानलाई हिजो हल्का वर्षा हुँदा पनि राहत मिलेको छ ।

Arus
Karnali Traders

जल तथा मौसम विज्ञान ताप्लेजुङ फिल्ड कार्यालयका अनुसार ताप्लेजुङमा पोहोर पुसदेखि फागुन पहिलो हप्तासम्ममा ७१ दशमलव ५ मिलीमिटर वर्षा भएको थियो । यसपालि यही अवधिमा ० दशमलव ७० मिलीमिटर मात्रै पानी परेको छ ।

आज पनि प्रदेश १ र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । अन्य क्षेत्रको मौसम भने आज सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन्। उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.