सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुरा केन्द्र बिन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प

बाजुराको विछ्याँ केन्द्र बिन्दु भएर भूकम्प गएको छ । बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा विछ्याँ आसपास केन्द्र बिन्दु बनाए ५.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले जानकारी दिए ।

Sana Kishan

माघ १० गते पनि सोही ठाउँलाई केन्द्र बिन्दु बनाए।र ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । ठीक एक महिनापछि यो भूकम्प गएको र पहिलाको भन्दा कम रेक्टर स्केलको भएकाले यसलाई सोही भूकम्प पराकम्प मान्न सकिने तामाङले बताए ।

पछिल्लोपटक नेपालको पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प जाने क्रम बढ्दै गइरहेको छ । लामो समयदेखि पश्चिमी क्षेत्रमा ठूलो भूकम्प नगएकाले यो क्षेत्रमा ठूलो भूकम्पको सम्भावना रहेको तामाङले बताए । नेपालको पश्चिमी क्षेत्रमा ५ सय बर्ष यता ठूलो भूकम्प नगएकाले शक्ति सञ्चित रहेको उनले बताए । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.