Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दूधको मूल्य बढाउने तयारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन १०, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

किसानले उत्पादन गरेको दूधको मूल्य बढाउने तयारी गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले किसानको लागत मूल्य बढेको र उद्योगीको सञ्चालन खर्च बढेका कारण देखाउँदै प्रतिलिटर १० रुपियाँ मूल्य बढाउने प्रस्ताव गरेको हो । बोर्डका कार्यकारी निर्देशकको अध्यक्षतामा, उद्योगी व्यवसायी, किसान प्रनिनिधि, दुग्ध विकास संस्थान, पशुसेवा विभाग र उपभोक्ताका प्रतिनिधिसहितको कमिटीले वैज्ञानिक तवरले अध्ययन गरेर मूल्य बढाउन सिफारिस गरेको हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. राजेन्द्रप्रसाद यादवले कमिटीले गरेको अध्ययनले ब्याजदर, इन्धनमा भएको मूल्यवृद्धि र दाना चोकरको मूल्यका कारण किसानहरू नोक्सानीमा गएको देखिएकाले मूल्य बढाउन प्रस्ताव गरिएको जानकारी दिनुभयो । वैज्ञानिक किसिमले अध्ययन गरेर दूधको मूल्य प्रतिलिटर १० रुपियाँ मूल्य बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव पेस गरिएको उहाँले बताउनुभयो । बोर्डले एक साताअघि मन्त्रालयमा मूल्य बढाउन प्रस्ताव पठाएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि कार्यान्वयनमा आउनेछ ।

यसअघि २०७८ माघ २८ मा सरकारले दूधको मूल्य बढाएको थियो । त्यति बेला प्रतिलिटर सात रुपियाँ बढाएर किसानको मूल्य प्रतिलिटर ६० रुपियाँ पु–याइएको थियो । उपभोक्ता मूूल्य प्रतिलिटर ८६ रुपियाँ कायम गरिएको थियो । गत पुसमा केही निजी डेरी उद्योगले आफूखुसी प्रतिलिटरमा १४ रुपियाँ मूल्य बढाएका थिए । वैज्ञानिक तवरले अध्ययन गरेर मूल्य बढाउने सहमति भएपछि बढेको मूल्य फिर्ता भएको थियो ।

नेपाल राष्ट्रिय डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले इन्धनको मूल्य बढेकाले किसानको लागत मूल्य र उद्योगीको लागत उच्च हुँदा व्यवसाय सञ्चालन गर्न दूधको मूूल्य बढाउनुपर्ने बताउनुभयो । बजारमा अधिकांश वस्तुको मूल्य बढेकाले त्यसको प्रभाव किसान र उद्योगलाई पर्न गएको उहाँको भनाइ छ । अहिले बजारमा दैनिक ३५ लाख लिटर दूधको माग रहेकोमा ३१ लाख लिटर आपूर्ति भइरहेको र पाँच लाख लिटर दूध अपुग रहेको उहाँले जानकारी दिनुभयो ।

कोभिडपछि पशुुपालन व्यवसायबाट किसान पलायन हुन थालेपछि उत्पादन घट्दै गएपछि बजारको माग पूरा गर्न कठिन भएको उहाँले बताउनुभयो ।

२५ प्रतिशत दूध अभाव

दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जीव झाले बजारमा अहिले २५ प्रतिशत दूधको अभाव रहेको बताउनुभयो । चैत–वैशाखदेखि भदौसम्म दूधको ‘अफ सिजन’ भए पनि दूधको अभाव भने पुस–माघदेखि नै हुन थालेको उहाँले जानकारी दिनुुभयो । “डीडीसीले बजार मागको ७५ प्रतिशत दूध मात्र वितरण गरिरहेको छ,” उहाँले भन्नुभयो, “उत्पादन कम हुुँदा मागअनुसार वितरण गर्न सकिएको छैन ।” डीडीसीले हाल दैनिक मुलुकभर एक लाख २० हजार लिटर दूध सङ्कलन गरिरहेको छ । यसअघि जाडो महिनामा एक लाख ६० हजार लिटर दूध सङ्कलन हुने गरेको थियो । डीडीसीका अनुसार मुलुकमा वार्षिक १४ प्रतिशतका दरले दूधको माग बढ्ने गरेको छ ।

उपत्यकामा दैनिक ७५ देखि ८० हजार लिटर मात्र दूध वितरण गरिएको डीडीसीले जनाएको छ । दूधको अभाव हुँदा कारखानामा ५० प्रतिशत मात्र सञ्चालनमा आएको उहाँको भनाइ छ । उत्पादन कम हुुँदा बजार माग धान्न कठिन परेकाले दूधको आपूूर्ति व्यवस्था सहज पार्न भारतबाट दूध आयात गर्न मन्त्रालयलाई पत्राचार गरिएको गिरीले जानकारी दिनुुभयो । नियमित रूपमा कारखाना चलाउन र बजार माग धान्न दैनिक ४० देखि ५० हजार लिटर दूध आयात गर्नुपर्ने देखिएको उहाँको भनाइ छ ।

राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत रहेकामा ७.५ प्रतिशत पशुपन्छी र दुग्ध क्षेत्रको ३.५ प्रतिशत योगदान रहेको छ । गोरखापत्र अनलाइन

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार
अर्थ/ब्यापार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले
अर्थ/ब्यापार

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा
अर्थ/ब्यापार

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व