सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एन्टार्क्टिटकाको एउटा विशाल हिमनदी पूरै पग्लिने जोखिममा

एन्टार्क्टिटकामा रहेको एउटा विशाल हिमनदी थ्वेइट्स अनुमान गरिएको भन्दा चाँडो पग्लिरहेको एउटा अध्ययनले देखाएको छ । बेलायतको एन्टार्क्टिटक सर्भे र अमेरिकाको एन्टार्क्टिटक कार्यक्रमले हिमनदीमुनि सेन्सर र पानीमुनि रोबट राखेर गरेको अध्ययनले थ्वेइट्स हिमनदी यसअघि अनुमान गरिएको भन्दा चाँडो पग्लिरहेको देखाएको बीबीसीले जनाएको छ ।

यो एन्टार्क्टिटकामा गरिएको अहिलेसम्मकै ठूलो अध्ययन हो । थ्वेइट्स हिमनदीको आकार बेलायतको क्षेत्रफल जत्तिकै छ । यो हिमनदी पूरै पग्लियो भने त्यसले विश्वव्यापीरूपमा समुद्रको स्तरलाई आधा मिटरले बढाउने विज्ञहरूले बताएका छन् ।

Sana Kishan

सन् १९९० को दशकको अन्तिमदेखि हिमनदी आफ्नो प्रारम्भिक रेखाबाट १४ किलोमिटर खुम्चिएको देखिएको छ । कतिपय ठाउँमा त्यो रेखा अहिले वर्षमा एक किलोमिटरभन्दा बढीले खुम्चिएको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

World Link Ads
Mahakali Polytechnic

नेचर जर्नलमा यही हप्ता प्रकाशित दुई वटा शोधपत्रमा थ्वेइट्स हिमनदी पग्लिने क्रम जलवायु परिवर्तनले गरेको असरको डरलाग्दो नमुना भनिएको बीबीसीले जनाएको छ । प्रतिवेदनमा हिमनदी पग्लिनुको मुख्य कारण समुद्रमा बढिरहेको तापक्रम भनिएको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.