Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल समूहविजेता, क्वार्टरफाइनलमा श्रीलंकासँग भिड्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १०, २०८३
नेपाल समूहविजेता, क्वार्टरफाइनलमा श्रीलंकासँग भिड्ने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन्। अंक बाँडिएसँगै नेपाल समूह ‘ए’ को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको छ।

पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको नेपालले जापानविरुद्धको खेलबाट एक अंक पाएपछि समूह विजेताका रूपमा अन्तिम आठमा स्थान बनाएको हो। अब नेपालले सेप्टेम्बर २९ मा क्वार्टरफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। जापान भने समूह चरणबाटै बाहिरिएको छ।

जापानविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा १४९ रन बनाएको थियो। नेपालको इनिङ सकिएपछि लगातार वर्षा भएपछि जापानले ब्याटिङ गर्न पाएन र खेल रद्द गरिएको हो।

नेपालका लागि सन्दीप जोराले ३२ बलमा ५७ रन बनाए भने लोकेश बमले २२ बलमा अविजित ५२ रन जोडे। सन्दीपले पाँच चौका र तीन छक्का प्रहार गर्दा लोकेशले ६ छक्का र एक चौका प्रहार गरे।

नेपालले सुरुआतमा भने राम्रो प्रदर्शन गर्न सकेन। तेस्रो ओभरमा कुशल भुर्तेल ४ रनमै आउट भएका थिए। त्यसपछि आसिफ शेख र सन्दीप जोराले दोस्रो विकेटका लागि ३८ बलमा ५० रनको साझेदारी गरे। आसिफ २१ रन बनाएर आउट भए।

त्यसपछि लोकेश र सन्दीपले पाँचौँ विकेटका लागि २५ बलमा ५० रनको आक्रामक साझेदारी गर्दै नेपालको स्कोरलाई बलियो अवस्थामा पुर्‍याए।

नेपालले यसअघि अफगानिस्तानलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको थियो। समूह चरणको नतिजापछि अफगानिस्तानले क्वार्टरफाइनलमा भारतसँग खेल्नेछ। भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश भने आईसीसीको शीर्ष चार वरीयताका आधारमा सिधै क्वार्टरफाइनलमा पुगेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आज २७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
फ्ल्यास हेडिङ

आज २७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

अशोज १०, २०८३
परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल
फ्ल्यास हेडिङ

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल

अशोज १०, २०८३
एसडीजी लक्ष्य प्राप्तिमा जीडीआई प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास
फ्ल्यास हेडिङ

एसडीजी लक्ष्य प्राप्तिमा जीडीआई प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास

अशोज १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाल समूहविजेता, क्वार्टरफाइनलमा श्रीलंकासँग भिड्ने

नेपाल समूहविजेता, क्वार्टरफाइनलमा श्रीलंकासँग भिड्ने

अशोज १०, २०८३
आज २७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

आज २७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

अशोज १०, २०८३
परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल

अशोज १०, २०८३
एसडीजी लक्ष्य प्राप्तिमा जीडीआई प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास

एसडीजी लक्ष्य प्राप्तिमा जीडीआई प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास

अशोज १०, २०८३
सोह्रश्राद्ध : पितृस्मरण र सम्मानको सनातन परम्परा

सोह्रश्राद्ध : पितृस्मरण र सम्मानको सनातन परम्परा

अशोज १०, २०८३
वर्षासँगै डुबानको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिँदै स्थानीय

वर्षासँगै डुबानको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिँदै स्थानीय

अशोज ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व