सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

साढे ७६ अङ्कले बढेर शेयर बजारमा हरियाली

शेयर बजार आज मङ्गलवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७६ दशमलव ६४ अङ्कले बढेर दुई हजार एक सय ७७ दशमलव ३५ विन्दुमा पुगेको छ ।

Sana Kishan

सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा आज माइक्रोफाइनान्स, जलविद्युत्, विकास बैंक र बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । दुई सय ६० वटा कम्पनीका ९३ लाख ३३ हजार कित्ता शेयर तीन अर्ब ३६ करोड २२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंक बैंकको १२ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज वरुण हाइड्रो, खानीखोला हाइड्रो, राधी जलविद्युत् कम्पनी, रिडी पावर कम्पनी र आदर्श लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज नौ वटा म्युचल फन्डको शेयर सामान्य घटेको छ, बाँकी सबै कम्पनीको शेयर बढेको छ । उज्यालो  अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.