सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार सामान्य बढ्यो

हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार एक दशमलव ५४ अङ्कले बढेर दुई हजार ९६ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।

Sana Kishan

आज माइक्रोफाइनान्स, बीमा र अन्य समूहको शेयरबाहेक बाँकी समूहको शेयर सामान्य उकालो लागेको छ । बजार समान्य बढेको दिन दुई सय ५८ वटा कम्पनीका ५२ लाख छ हजार कित्ता शेयर एक अर्ब ९३ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज आदर्श लघुवित्तको शेयर १० प्रतिशत तथा पोखरा फाइनान्सको शेयर साढे आठ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ । उज्यालो  अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.