सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुराका एक युवक बैतडीमा मृत भेटिए

डडेल्धुरा – जिल्लाका युवक बैतडीको पाटनमा मृत भेटिएका छन् । बैतडीको पाटन नगरपालिका–६ थापला डाँडा भीरमा एक युवक मृत फेला परेका हुन्। डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ का २७ वर्षीय पदमराज अवस्थी मृत भेटिएको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

बिहीबार दिउँसो ३ बजे मृत फेला परेका अवस्थीको शव घटनास्थलमै रहेको छ। अवस्थीका घरपरिवार आएपछि मात्रै घटनास्थलको काम हुने प्रहरीले जनाएको छ। उनको मृत्युको कारण खुल्न सकेको छैन् र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए। गोदावरी न्युज बाट सभार

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.