सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

४ दिनपछि शेयर बजार सामान्य बढ्यो

लगातार चार दिनसम्म घटेको शेयर बजार आज बुधवार भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९७ अङ्कले बढेर दुई हजार एक सय १६ दशमलव ६६ विन्दुमा पुगेको छ ।

Sana Kishan

आज माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । बजार बढे पनि कारोबार रकममा पनि निकै कमी आएको छ । दुई सय ६१ वटा कम्पनीका ५० लाख २४ हजार कित्ता शेयर एक अर्ब ७६ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल बैंकको पाँच करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै आदर्श लघुवित्तको शेयर १० प्रतिशत र सिद्धार्थ इन्सुरेन्सको शेयर आठ प्रतिशतले बढेको छ । सगरमाथा इन्सुरेन्स कम्पनीको शेयर भने सबैभन्दा धेरै झन्डै चार प्रतिशतले ओरालो लागेको छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.