सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एभर्टनको मुख्य प्रशिक्षकमा सेन डाइचे नियुक्त

इङ्लिस प्रिमियर लिग क्लब एभर्टनले सेन डाइचेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

Sana Kishan

इङ्लिस प्रशिक्षक डाइचेले एभर्टनसँग साढे दुई वर्षको सम्झौता गरेका छन् । उनी सन् २०२५ को जुनसम्म एभर्टनमा रहने छन् । एभर्टनले गएको हप्ता मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको थियो । डाइचेलाई गएको अप्रिलमा बर्नलीले मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको थियो ।

सेन डाइचेले जिम्मेवारी सम्हालेसँगै एभर्टनले आउँदो शनिवार प्रिमियर लिगको शीर्ष स्थानमा रहेको क्लब आर्सनलसँग खेल्दैछ । एभर्टन प्रिमियर लिगमा २० खेलमा मात्र तीन जित र १५ अङ्कको साथ १९औँ स्थानमा छ।  उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.