सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा हल्का वर्षा र हिमपातको सम्भावना

60
Sana Kishan

देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । आज पनि हिजोको जस्तै पारिलो घाम लाग्ने सम्भावना नभएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार देशभरकै मौसम आज आंशिकदेखि सामान्य बदली हुनेछ ।

Karnali Traders

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अन्य प्रदेशमा भने बादल लागे पनि पानी पर्ने सम्भावना छैन । तत्कालका लागि प्रदेश १, बाग्मती, गण्डकी र मधेस प्रदेशमा पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताउनुभयो ।

Arus

मौसमविद् मानन्धरका अनुसार यो हिउँदमा अब हल्का हिमपातको सम्भावना रहे पनि जमिन भिज्ने गरी पानी पर्ने सम्भावना छैन । पानी नपर्दा किसान मर्कामा परेका छन् । हिमपात र वर्षा नहुँदा हिउँदे बालीमा नोक्सानी हुने गरेको छ । यस्तै, सुक्खापन बढेकाले यसपालि आगलागीका घटना समेत बढ्ने जोखिम रहेको छ।  उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.