सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार ४१ अङ्कले घट्यो

37
Sana Kishan

शेयर बजार आज सोमवार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ०१ अङ्कले घटेर दुई हजार एक सय २७ दशमलव ५२ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, होटल तथा पर्यटन, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

Arus
Karnali Traders

बजार घटे पनि कारोवार रकम भने हिजो आइतवारको तुलनामा केही बढेको छ । आज दुई सय ५६ वटा कम्पनीका ८८ लाख ३६ हजार कित्ता शेयर तीन अर्ब ३० करोड २२ लाख रुपैयाँमा कारोबार भएका छन् ।सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १७ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो । हिजो तीन अर्ब एक करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो ।

आज युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि लुम्बिनी ग्रीन इन्सोरेन्स र आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.