सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‍सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणाली सुदूरपश्चिम प्रदेशबाट भित्रने क्रममा रहेकाले सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम बदली हुने अनुमान छ । यो प्रणालीको प्रभावका कारण अबको केही दिन सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा यो प्रणालीको प्रभाव अलि धेरै पर्ने सम्भावना छ ।

Sana Kishan

सुदूरपश्चिम र कर्णाली प्रदेश बाहेक अन्य प्रदेशको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ । हिउँदे वर्षा नहुँदा बाग्मती, गण्डकी, मधेस प्रदेश र प्रदेश १ मा गर्मी हुन थालेको छ । बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी छ । केही दिनअघि पश्चिमी न्यून चापीय प्रणालीकै कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्कादेखि सामान्य वर्षा र हिमपात भएको थियो ।

अन्य प्रदेशमा भने अझै पानी पर्न सकेको छैन । पानी नपर्दा सुक्खापन बढेको छ । यसले हिउँदे बालीमा नोक्सानी पुर्याएको छ भने नदी तथा खोलामा पनि पानी सुक्दै जाँदा विद्युत् उत्पादनमा समस्या हुन थालेको छ ।  उज्यालो  अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.