सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुरामा भूकम्पबाट ४२ घरपरिवार विस्थापित

बाजुरामा भूकम्पबाट ४२ घरपरिवार पूर्ण रुपमा विस्थापित भएका छन् । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलब ९ म्याग्निच्युटको भूकम्पका कारण ४२ घरपरिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

भूकम्पबाट विस्थापित भएका केही परिवार आफन्तको आश्रयमा बसेका छन् भने पाँच परिवार त्रिपालमुनि बसेका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

भूकम्पका कारण झण्डै चार सय घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले सङ्कलन गरेको क्षतिको विवरणअनुसार सबैभन्दा बडीमालिका नगरपालिकामा क्षति भएको छ ।

Dirghayu Ads

भूकम्पले बडीमालिकामा २१, बूढीनन्दामा तीन र बूढीगङ्गामा एक घर पूर्णरूपमा क्षति भएका छन् भने हिमालीमा १९, गौमुलमा ११, खप्तड छेडेदहमा चार, स्वामीकार्तिक खापर गाउँपालिकामा एक गरी ६० घर पूर्णरूपमा क्षति भएको डिएसपी थापाले बताए । बडीमालिकामा ३१, बूढीनन्दामा ९, हिमालीमा ९, खप्तड छेडेदह पाँच र गौमुलमा पाँच घरमा आंशिकरूपमा क्षति पुगेको छ ।

भूकम्पबाट गौमुल गाउँपालिका–२ जुरीलेकी ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.