
अहिले नेपालको मौसमी प्रणालीमा अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको छ ।
जसको प्रभावका कारण आज पहाडी भेगमा बिहान आंशिक बदली रहेको छ । तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहेको थियो । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।


विभागले आज राति प्रदेश–१ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । तराईमा बिहानीपख हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमासमेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ ।
मकालु खबर बाट सभार
