सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै

32
Sana Kishan

वसन्त पञ्चमीको अवसरमा मिथिलाञ्चलका किसानले हलो र गोरुको पूजा गर्दैछन् । आजका दिनलाई तराई मधेस तथा सम्पूर्ण मिथिलाञ्चलभरका किसानका लागि पर्व र ठूलो मेलाको दिन मानिन्छ ।

किसानले आज हलो र गोरु पूजा गरिरहेका महोत्तरीको जलेश्वर नगरपालिका– ८ का किसान रामबाबु चौधरीले बताउनुभयो । बिहान किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूल माला, अक्षता, अबिर, चामल, लड्डुलगायतका वस्तुसहित आँगनमा हलो राखेर पूजा गरिरहेका छन् भने घर बाहिर गोरुलाई नुहाइ नयाँ रङ्गीचङ्गी डोरी, माला लगाएर पूजा गर्छन् ।

Arus
Karnali Traders

किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर आज एकछिन जोत्ने चलनअनुसार खेतबारी पनि जोत्ने गर्छन् । आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलोपटक खेत जोत्न लगाउने तथा बाछोबाट गोरुको रुपमा तयार भइसकेकालाई समेत आजका दिनबाटै गोरु बनाउने चलन रहेको जलेश्वर नगरपालिका–६ का किसान गणेश साहले बताउनुभयो ।

किसानले आजका दिन हलोमा धार लगाउने कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारहरुलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने गर्छन् । श्रीपञ्चमी वा वसन्त पञ्चमीको अवसरमा किसानले अरवा चामलमा सख्खर मिलाएर एक किसिमको कृषि प्रसाद तयार पार्दछन् भने हलो र गोरुको पूजा गरेर हलो जोतेर एक आपसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर यो पूजा सम्पन्न हुन्छ। उज्यालो  अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.