सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार दोहोरो अङ्कले बढ्यो

शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से १० दशमलव ३७ अङ्कले बढेर दुई हजार १८३ दशमलव ६२ अङ्कमा पुगेको छ ।

आज बैंक, फाइनान्स र अन्य समूह बाहेक सबै समूहको शेयर बढ्दा बीमा र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

Sana Kishan

दुई सय ६१ वटा कम्पनीका ९५ लाख कित्ता शेयर तीन अर्ब ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धरै नेशनल हाइड्रोपावरको १० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

World Link Ads
Mahakali Polytechnic

आज ग्रिनलाइफ हाइड्रोपावर कम्पनी, आदर्श लघुवित्त, सानिमा जिआइसी इन्स्युरेन्स र सूर्यज्योली लाइफ इन्स्युरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।

Dirghayu Ads

समग्रमा बजार बढे पनि आरुबीबी म्यूचुअल फण्डको शेयर पाँच प्रतिशत भन्दा धेरै र जानकी फाइनान्स तथा पिपुल्स हाइड्रोको शेयर तीन प्रतिशत भन्दा धेरैले घटेको छ । उज्यालो  अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.