सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चिसो बढेपछि जनजीवन कष्टकर

39
Sana Kishan

कर्णालीका हिमाली जिल्लाहरूमा लामो समयपछि हिमपात भएको छ। पहाडी जिल्लाहरू भने वर्षा भएको छ। सोमबार रातिबाट भएको हिमपात र वर्षाका कारण पनि किसानहरू हर्षित बनेका छन्। हिमपात र वर्षाले हिउँदे बालीलाई राहत पुगेको भन्दै किसानहरू खुसी भएका हुन्।

हिमाली जिल्लाहरू हुम्ला, डोल्पा, जुम्ला र मुगुमा भारी हिमपात भएको छ। यस्तै कालीकोट, दैलेख र जाजरकोट जिल्लाका उच्च क्षेत्रमा पनि हिमपात भएको छ। बाँकी जिल्लामा भने वर्षात् भएको छ। यसले सिँचाइ अभावमा सुक्न थालेको हिउँदे बालीलाई राहत भएको किसानहरू बताउँछन्। हिमपातले डाँडाकाँडा सेताम्मे बनेका छन्। वर्षा र हिमपातका कारण अत्यधिक जाडो बढेपछि भने जनजीवन प्रभावित भएको छ।

Arus

हिमपातका कारण स्थानीयबासी घरबाट बाहिर निस्कन सकेका छैनन्। हिमपातले कर्णाली राजमार्गमा गुड्ने सवारीसाधन प्नि निकै कम भएका छन्। कालीकोटको पचालझरना– ७ का किसान अदानसिंह बोहोराले कात्तिकमा वर्षा हुँदा लगाएको बाली खडेरीले सुकाइरहेका बेला वर्षा र हिमपात भएपछि अब बाली सप्रने आशा जागेको बताए।

Karnali Traders

हिमाली जिल्लामा स्याउ किसानहरू हिमपातले थप उत्साहित भएका छन्। स्याउ खेतीका लागि चिस्यानको आवश्यकता पर्ने र त्यो चिस्यान हिमपात भएपछि प्राप्त हुने भएकाले व्यावसायिक स्याउ खेती गरिरहेका किसानहरू उत्साहित भएका हुन्।

कालीकोटको तिलागुफा नगरपालिका वडा नं. २ फोइका स्याउ किसान बेगमबहादुर शाहीले हिमपात भएसँगै स्याउ उत्पादनमा वृद्धि हुने बताए। उनका अनुसार गत कात्तिकदेखि वर्षा र हिमपात नहुँदा स्याउ खेती संकटमा थियो। हिमपात भएपछि स्याउ राम्रो फल्ने उनको भनाइ छ। जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख बालकराम देवकोटाले हिमपातले किसानहरूले ठूलो राहत महसुस गरेको बताए। उनका अनुसार अब हिउँदे बालीको उत्पादन राम्रो हुनेछ।

हिमपातपछि जनजीवन केही कष्टकर बने पनि मुगुका किसानहरू पनि उत्साहित भएका छन्। खडेरीका कारण सुक्न लागेको हिउँदे बालीको उत्पादन बढ्ने किसानको अपेक्षा छ। हिउँदेबाली जौ, गहँु उवा, नाफललगायतका अन्नबालीलाई केही राहत हुने भएको छ। मुगुमकार्मारोङ गाउँपालिका—८ का फुर्वार्दोजे लामाले हिमपातले किसानलाई राहत भएको बताए। लामो समय हिमपात नहुँदा सबै भन्दा खेतीपाती र पशुचौपाया पाल्ने किसानहरू चिन्तित थिए। हिमपातले किसानलाई राहत पुगे पनि मंगलबार दिनभर हिमाली जिल्लाको हवाई सेवा अवरुद्ध बनेको छ। सडकमा हिउँ जमेका कारण ती जिल्लामा सवारीसाधन पनि चल्न सकेका छैनन्। यसले यात्रुहरू भने अलपत्र परेका छन्। अन्नपुर्ण पोस्ट बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.