सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज कुन प्रदेशको मौसम कस्तो ?

नेपालको पश्चिमी भू–भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेपछि पश्चिम नेपालबाट वर्षा शुरु भएको छ । जसको प्रभावका कारण आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

विभागले दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, वाग्मती प्रदेश, मधेस प्रदेश र प्रदेश–१ मा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

चार वटा प्रदेशमा वर्षाको सम्भावना र तीन वटा प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ । मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.