सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भूकम्पले बाजुरा,बझाङका घर तथा मन्दिरहरुमा क्षति

107
Sana Kishan

सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ। मंगलबार दिउँसो २ बजेर ४४ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो।

भूकम्पको कैलाली,कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा समेत धक्का महशुस गरिएको छ।

Arus

बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका राजेश शर्माले जानकारी दिए ।

Karnali Traders

बाजुराको बडिमालिका नगरपालिका–७ मा एउटा घर भत्केको बाजुराका डिएसपी सुर्य थापाले बताए । उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ । उद्दारका लागि प्रहरी परिचालन गरिएको उनले बताए ।

यस्तै बझाङको चैनपुरमा कृषि ज्ञान केन्द्रको भवन भूकम्पले भत्काएको छ। उक्त भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको थियो। त्यस्तै, चैनपुरस्थित एक होटलको छतमा बनाइएको मन्दिर भूकम्पले भत्केको छ।

भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ। गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.