सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना

53
Sana Kishan

 

आज पनि मौसममा सामान्य बदली भएको छ । पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभावका कारण देशका विभिन्न भागमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Arus

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली भएको छ ।

Karnali Traders

मधेश प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ भने देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार दिउँसो प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ सँगै कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ ।

सोमबार दिउँसो भने मौसम सामान्यतया सफा रहनेछ । राति केही ठाउँमा बदली भए पनि हिमपात र वर्षाको भने सम्भावना नभएको महाशाखाले जनाएको छ । अनलाइनखबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.