सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डेउडा गायक भानुभक्त जोशी राष्ट्रिय ’म्युजिक अवार्ड’ बाट सम्मानित

बैतडी –बैतडी घर भएका गायक भानुभक्त जोशी सम्मानित भएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तड घर भएका जोशी रारा रष्ट्रिय म्युजिक अवार्ड २०७९ बाट सम्मानित भएका हुन् ।

गायक, सर्जक तथा डोटेली हास्यकलाकारको रुपमा आफ्नो छुट्टै पहिचान बनाएका राष्ट्रि कलाकार जोशी देउडा गीत ‘मेरी माया शितलु छाया’ भन्ने गीतबाट उत्कृष्ट सांस्कृतिक गीतकार विधामा सम्मानित भएका हुन् ।मंगलबार राष्ट्रिय सभा गृह काठमाडौंमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई सम्मान गरेकी हुन्।

‘मेरी माया शितलु छाया’ देउडा गीतको शब्द सिर्जना गरेका जोशी सोही गीतबाट अहिले सम्मानित भएका हुन् । जोशीले आफूले पहिलोपटक अवार्ड प्रतिस्पर्धामा भाग लिएको र पहिलो पटक नै अर्वाडबाट सम्मानित भएको बताए । ‘मेरी माया शितलु छाया’ छ महिना पहिले बजारमा आएको थियो ।

World Link Ads
Sana Kishan

भानुभक्त जोशीको शब्द तथा लय रहेको यो गीतमा हेम साही र झरना बोहराले अभिनय गरेका छन् भने ,गायीका रेखा जोशी र गायक सेरे औजीले सोर दिएका छन् । सानै उमेर देखि गीत संगीत क्षेत्रमा लागेका लोक तथा देउडा गायक भानुभक्त जोशीले ६३४ गीतको शब्द सिर्जना गरिसकेका छन् भने २ सय ७७ गीतमा आवाज दिइसकेका छन् ।

रारा रष्ट्रिय म्युजिक अवार्डबाट सम्मानित भएका लोक तथा देउडा गायक जोशीले पहिलो पटक अवार्डबाट सम्मानित हुँदा खुसि लागेको भन्दै अगामि दिनमा पनि राष्ट्र र राष्ट्रियताको क्षेत्रमा कलम चलाएर संस्कृति संरक्षणमा जोड दिइने बताए । बैतडीमा जन्मेका कलाकार जोशीले गीत संगीतकै माध्यमबाट छुट्टै पहिचान बनाएका छन् भने दर्शक स्रोताको मन मुटुमा बस्न सफल छन् ।

(सगुन खबरबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close