सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह भारततर्फ ‍पहुँचमार्गको निर्माण कार्य सुरु

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि भारततर्फ पहुँचमार्गको काम अघि बढाइएको छ । भारतले सीमावर्ती बजार चकरपुरमा राष्ट्रिय राजमार्गदेखि नेपाल–भारत सीमासम्मै पहुँच मार्ग निर्माणको काम सुरु गरेको हो ।उत्तराखण्ड राज्यको चम्पावत जिल्लामा पर्ने उक्त क्षेत्रमा बन्ने झन्डै ४ किलोमिटर पहुँच मार्ग ४ लेनको हुनेछ । जसका लागि गत कात्तिकमै ठेक्का सम्झौता भई निर्माण कम्पनीलाई जमिन हस्तान्तरण गरिएको थियो ।

 

Sana Kishan

सडक निर्माणका लागि ७.२८ हेक्टर जमिन चम्पावत प्रशासनले निर्माण कम्पनीलाई हस्तान्तरण गरेको थियो । शनिबारदेखि सडक क्षेत्रमा पर्ने रूख कटानको काम थालिएको आयोजनाले जनाएको छ । ४ किमि क्षेत्रमा २ हजार २ सय ६३ रूख काट्नुपर्ने किटान भारतीय वन निगमले गरेको छ ।निगमको अनुमतिपछि सडक क्षेत्रमा पर्ने रूख कटानको काम सुरु भएको हिन्दी पत्रिका ‘अमर उजाला’ का पत्रकार राजेश देउपाले बताए । ‘करिब २ अर्ब रुपैयाँमा ४ किमि सडक निर्माण गर्ने गरी ठेक्का लागेको हो । सम्झौताअनुसार डेढ वर्षभित्र काम सक्नुपर्छ ।

अहिले सडक निर्माणकै लागि रूख काट्न थालिएको हो,’ उनले भने । दुवै मुलुकबीच व्यापारिकसँगै यातायात सेवालाई पनि जोड्ने गरी सडक निर्माण थालिएको बताइएको छ । महाकालीपारिको दोधारा चाँदनी नगरपालिका–१ मा सुक्खा बन्दरगाह निर्माण गर्ने योजना छ । कान्तिपुरबाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.