सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्व हिन्दु युवा संघको केन्द्रीय सदस्यमा बैतडीका टेर मनोनित

72
Sana Kishan

बैतडी – विश्व हिन्दु युवा संघको केन्द्रीय सदस्यमा बैतडीका अमरबहादुर टेर मनोनित भएका छन् । दशरथचन्द नगरपालिका वडा नं १ गुरुखोला निवासी टेरलाई विश्व हिन्दु युवा संघको केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।

 

विभिन्न सामाजिक र धार्मिक कार्यमा सक्रिय टेरलाई विश्व हिन्दु युवा संघले धर्म संस्कृतिको संरक्षण र जगेर्नामा लागेको भन्दै केन्द्रीय सदस्यमा मनोनित गरेको हो । संघका केन्द्रिय अध्यक्ष ऋषिकेशजंग शाहले टेरलाई केन्द्रीय सदस्यमा मनोनित गरेको पत्र पठाएका छन् ।

 

Arus
Karnali Traders

हिन्दु धर्मको संरक्षण र सम्वद्र्धनमा लागेको विश्व हिन्दु युवा संघले देशैभरी आफ्नो संगठन विस्तार गरिरहेको छ । केन्द्रीय सदस्यमा मनोनित भएका टेरले हिन्दु धर्मको संरक्षणका लागि आफूले पहल गर्ने बताए ।

 

(sagunkhabar.com बाट सभार)

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.