
कैलालीको गोदावरी नगरपालिकाले दाउरा वितरण गरेको छ। शीतलहर सँगै चिसो बढ्न थालेपछि गोदावरी नगरपालिकाले अत्तरिया बजारमा दाउरा वितरण गरेको हो।
बढ्दै गएको चिसो र शितलहरलाई मध्यनजर गर्दै नगरपालिकाले दाउरा वितरण गरेकोे नगरप्रमुख विरेन्द्र भट्टले बताए।


उनले चिसो मौसममा व्यापार व्यवसाय गर्ने व्यवसायीहरुलाई असर परेको र बजारमा आउने यात्रुहरुलाई पनि असर परेको बताए। नगरबासीहरुलाई शितलहरबाट बचाउन दाउरा वितरण गरिएको साथै चिसो समयभरी नै नगरले दाउरा वितरण गर्ने उनले जानकारी दिए।
ष्लमचभलष्
शीतलहरमा व्यवसायीहरुलाई सहज होस् भनेर दाउरा वितरण गरेको उनले बताए। पछिल्लो समय नगरमा शीतलहरसँगै चिसो बढ्दै गएको छ । गोदावरी न्युज बाट सभार
