
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले हिमपातको सम्भावना रहेको छ। मंगलबार बिहान मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा आगामी तीन दिन हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तराईका थोरै भू–भागमा हुस्सु लागेको छ। मंगलबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखााका अनुसार प्रदेश १,गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती पनि प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

बुधबार प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहीबार प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र तराईका केही भू–भागमा हुस्सु÷कुहिरो लाग्ने भएकाले सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउनु महाशाखाले अनुरोध गरेको छ। अन्नपूर्ण पोस्ट बाट सभार
