
सोमबार दिउँसो देशको एउटा प्रदेशमा वर्षा हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।


साथै प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सोमबार रातको समयमा पनि प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। अन्नपूर्ण पोस्ट बाट सभार
