सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर दुई हजार ४६ दशमलव २९ मा पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७२ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव शून्य दुईमा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको भने शेयर मूल्यमा वृद्धि भएको छ।

नेप्सेका अनुसार कारोबार भएका कुल कम्पनीमध्ये एक सय २१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ। त्यस्तै, ८७ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा चार कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन। कूल एक करोड आठ लाख ८० हजार नौ सय चार कित्ता शेयर रु चार अर्ब चार करोड ८८ लाख ७९ हजार पाँच सय १० मूल्यमा खरिद बिक्री भए।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

साताको पहिलो दिनको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ५९ अर्ब ४१ करोड ७५ लाख ४३ हजार दुई सय ३२ बराबर रहेको छ। कारोबारका आधारमा नविल बैंक शीर्ष स्थानमा छ। सो बैंकको रु २२ करोड ५७ लाख ४८ हजार नौ सय ७९ बराबरको कारोबार भयो।

नेपाल दूरसञ्चार कम्पनी रु १९ करोड ८८ लाख एक हजार तीन सय २१, हिमालयन डिस्टिलरी रु १५ करोड ८० लाख ३१ हजार चार सय ५७, एनआइसी एशिया बैंक रु १० करोड तीन लाख ८३ हजार तीन सय ८७ र नेपाल लाइफ इन्स्योरेन्स रु नौ करोड २९ लाख ४८ हजार सात सय २५ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए।

नेप्सेका अनुसार सिर्जनशील लघुवित्त, खप्तड लघुवित्त, धौलागिरि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशत बराबरको वृद्धि भई सकारात्मक सर्किट लाग्यो। यस्तै अजोड इन्स्योरेन्स नौ दशमलव ९८ र प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले नौ दशमलव ९८ प्रतिशतले कमाएका छन्।

यस्तै, सिद्धार्थ इक्विटी फण्ड पाँच दशमलव ५७, नेपाल बैंकको ऋणपत्र तीन दशमलब ९२, एनआरएन इन्फ्रास्टकचर एण्ड डेभलपमेन्ट लिमिटेड तीन दशमलव ८४, मिथिला लघुवित्त तीन दशमलव ६९ र रिभर फल्स पावरका लगानीकर्ताले तीन दशमलव ६५ प्रतिशतले गुमाएका छन्। थाहा खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.