
आइतबार दिउँसो देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो।


साथै देशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। आइतबार राति प्रदेश नं १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले जनाएको छ। अन्नपूर्ण पोस्ट बाट सभार
