सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तीन दिनको मौसम : कहाँ लाग्दैछ हुस्सु–कुहिरो, कहाँ पर्दैछ बर्षा र हिमपात ?

2,906
Sana Kishan

आगामी तीन दिन तराईमा हुस्सु, कुहिरो र हिमाली भू–भागमा बर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव देखिएको बर्षा र हिमपातको सम्भावना रहेको छ।

तराईका केही भू–भागमा हुस्सु÷कुहिरो लाग्ने र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Arus

शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने शनिबार बिहान मौसम पूर्वानुमान महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ। महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

Karnali Traders

राती प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ।
आइतबार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार सोमबार प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्नपूर्ण पोस्ट बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.