सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज प्रदेश १ र सुदूरपश्चिमका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली

239
Sana Kishan

आज प्रदेश १ र सुदूर पश्चिम प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुन सक्ने मौसमविद्ले बताएका छन् ।

Karnali Traders

मौसमविद् वरुण पौडेलका अनुसार यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुामन पनि छ । अहिले काठमाण्डौ उपत्यकासहित तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ । काठमाण्डौसहित पहाडी जिल्लामा लागेको हुस्सु कुहिरो हटेर मौसम सफा रहने अनुमान गरिएको छ ।

Arus

तर, तराईका धेरैजसो जिल्लामा भने दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो । केही दिनदेखिको लगातारको हुस्सु कुहिरोले तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । घर बाहिर हिँडडुल गर्न समेत मुस्किल पर्न थालेको छ । लगातार हुस्सु कुहिरो लागे पनि शीतलहर भने सुरु नभएको मौसमविद्ले बताएका छन् । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.