
बुधबार दिउँसो एउटा प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
बुधबार रातको समयमा पनि प्रदेश १ कै हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्नपूर्ण पोस्ट बाट सभार
