सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाण्डौमा आज यो वर्षकै बढी चिसो

काठमाण्डौ उपत्यकाको तापक्रम घटेसँगै आज मङ्गलवार बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री सेल्सियसमा झरेको छ । काठमाण्डौ उपत्यकाको यस वर्ष मापन गरिएको यो सबैभन्दा कम तापक्रम हो ।

हिजो सोमवार उपत्यकाको तापक्रम पाँच दशमलव पाँच डिग्री सेल्सियस थियो । मौसमविद् विनु महर्जनका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा छ । उहाँले पछिल्लो केही दिनयता न्यूनतम तापक्रम क्रमशः घटिरहेको र अब अधिकतम तापक्रम पनि घट्ने क्रममा रहेको बताउनुभयो ।

Sana Kishan

मौसम पूर्वानुमान महाशाखाले देशका धेरैजसो भू–भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा पनि सामान्य असर पर्नसक्ने हुँदा आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

World Link Ads
Mahakali Polytechnic

महाशाखाले आज बिहान ९ बजे गरेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस छ दशमलव पाँच डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३६ दशमलव चार डिग्री सेल्सियस रहेको छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.