नयाँ सरकार गठन भएसँगै बढ्न थालेको शेयर बजार आज मङ्गलवार दोस्रो दिन पनि उच्च अङ्कले बढेको छ । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन हिजो सोमवार ५६ दशमलव ८८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ५९ दशमलव ८७ अङ्कले बढेर एक हजार नौ सय ८३ दशमलव ९५ विन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेर हरियाली बनेको शेयर बजारमा आज बीमा, होटल तथा पर्यटन र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई सय ६१ वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर तीन अर्ब ८८ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लक्ष्मी बैंकको २० करोड नौ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सिद्धार्थ इन्सुरेन्स, मल्टिपर्पोज फाइनान्स, अजोड इन्सुरेन्स, सृजनशील लघुवित्त वित्तीय संस्था र धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रशितले बढेको छ । अरू चार वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरै र चार वटा कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार हरियाली भए पनि आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयर दुई प्रतिशतभन्दा धेरैले घटेको छ । उज्यालो अनलाइन बाट सभार









Discussion about this post