सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार आज खासै घटबढ भएन, एक अर्ब १२ करोड रुपैयाँको कारोबार

33
Sana Kishan

शेयर बजार आज बिहीवार खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव शून्य एक अङ्कले घटेर एक हजार आठ सय ६७ दशमलव २१ विन्दुमा झरेको छ ।

Karnali Traders

आज अन्य, म्युचल फन्ड र बैंक समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर सामान्य घटेको छ । कारोबार रकम भने आज बढेको छ । दुई सय ४७ वटा कम्पनीको ३१ लाख ११ हजार कित्ता शेयर एक अर्ब ११ करोड ९७ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १४ करोड ९९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Arus

आज सबैभन्दा धेरै आँधीखोला लघुवित्तको शेयर साढे सात प्रतिशत र बलेफी हाइड्रोको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।सृजनशील लघुवित्त र धौलागिरि लघुवित्तको शेयर १० प्रतिशत तथा आदर्श लघुवित्त र कालिका पावरको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.