खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नेपालगन्जमा धान किन्न सुरु गरेको छ।
कम्पनीको नेपालगन्ज कार्यालय प्रमुख रामशरण लामिछानेले मंगलबारदेखि धान खरिद गर्न सुरु गरेको बताए। यो वर्ष २५ हजार क्वीन्टल धान खरिद गर्ने कोटाअन्तर्गत मंगलबार तीन सय क्वीन्टल धान खरिद गरेको हो।
‘हरेक दिन १० जना किसानबाट ३० क्वीन्टलका दरले धान खरिद गर्ने योजना बनाएका छौं’, उनले भने, ‘स्थानीय तहको कृषि शाखाको सिफारिस पत्रका आधारमा धान बेच्ने दिन तोकेर खरिद गरेका छौं।’
गत वर्ष पनि २५ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य रहेकोमा भिजेको धान बढी आएकाले खाद्यले दुई हजार दुई सय क्वीन्टल धान मात्र खरिद गरेको थियो।
धान खरिद नभएपछि खाद्यले २९ हजार क्वीन्टल चामल खरिद गरेको थियो। सरकारले मोटा धानको प्रति क्वीन्टल दुई हजार ९६७ रुपैयाँ र मध्यम धान प्रति क्वीन्टल तीन हजार १२८ रुपैयाँ समर्थन मूल्य तोकेको छ। शंकरप्रसाद खनालले अन्नपूर्ण पोस्टमा लेखेका छन्।









Discussion about this post