सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
15 SP Vyapar Mela long Ad

शेयर बजार सामान्य बढ्यो, कारोबार रकम भने घट्यो

18
Sana Kishan

आज सोमवार शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ । आज नेप्से तीन दशमलव ८३ अङ्कले बढेर एक हजार आठ सय ५८ दशमलव ८९ अङ्कमा पुगेको छ ।

आज बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र व्यापार समूहबाहेकका सबै समूहको शेयर बढेकोमा बीमा, अन्य र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ ।

Arus
Karnali Traders

नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकम भने घटेको छ । आज दुई सय ५१ वटा कम्पनीको २६ लाख ९९ हजार कित्ता शेयर ८८ करोड ६० लाख रुपैयाँमा कारोबार भएको छन् । हिजो आइतवार एक अर्ब १५ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको शेयर छ करोड ९३ लाख रुपैयाँमा किनबेच भएको छ । आज धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि इस्टर्न हाइड्रोपावर लिमिटेड र ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१ को शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.