सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ताइवानमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प

ताइवानको पूर्वी तटमा आज बिहीवार ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पपछि धेरै हल्का परकम्पनहरू गएको टापुको मौसम विभागले जनाएको छ। ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा छ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गएको विभागले जनाएको हो ।

अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले भने यो भूकम्प ५ दशमलव ९ रेक्टर स्केलको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । ताइवानमा भूकम्पको धक्का धेरै कम महसुस गरिएको मौसम विभागको भूकम्प विज्ञान केन्द्रका प्रमुख चेन कुओ–चाङले बताउनु भएको रोयटर्सले जनाएको छ ।

Sana Kishan

भूकम्पपछि अहिलेसम्म आठ वटा परकम्पन गएको रोयटर्समा उल्लेख छ । आउँदो तीन दिनमा थप परकम्प आउने अनुमान रहेको चेन कुओ–चाङले बताउनु भएको छ । ताइवानको सबवे र रेलवे अधिकारीहरूले दुवै रेलहरू कम गतिमा चलिरहेको तर सेवाहरू नरोकिएको जानकारी दिएका छन् । दुई टेक्टोनिक प्लेटको जंक्शननजिकै रहेको टापुको कारण ताइवानमा भूकम्प गरिरहन्छ ।

World Link Ads
Mahakali Polytechnic

गएको सेप्टेम्बरमा ताइवानको पूर्वी तटमा ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । यसमा परि एक जना व्यक्तिको ज्यान गएको थियो भने केही भवन भत्किएका थिए । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.