सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
15 SP Vyapar Mela long Ad

भारतको मुम्बईमा पनि हावामा प्रदूषण बढ्दो

42
Sana Kishan

भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बईमा पनि वायु प्रदूषणको अवस्था निकै खराब तहमा पुगेको छ । सामान्यतया जाडो मौसम सुरु हुनासाथ सङ्घीय राजधानी दिल्लीको वायु प्रदूषण चर्चाको विषय बन्ने गरेको भए पनि यो हप्ता धेरै पटक दिल्लीको भन्दा खराब अवस्था मुम्बईमा देखिएको बीबीसीले जनाएको छ ।

Karnali Traders

समुद्री तटीय रेखाका कारण हावाको गुणस्तर राम्रो रहँदै आएको मुम्बईमा यस पटक हावाको गुणस्तर खराब भएसँगै भारतको खराब हावा हुने सहरको सूचीमा परेको छ । बढ्दो निर्माण कार्य, प्रतिकूल मौसम अवस्था र गाडीले फ्याँक्ने धुवाँका कारण मुम्बईको हावाको गुणस्तर कमजोर बन्दै गएको विज्ञहरूले बताएका छन् ।

Arus

हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सयभन्दा माथि जानुलाई अस्वस्थ मानिन्छ । मुम्बईमा यो हप्ता एक्यूआई तीन सयभन्दा माथि पुगेको छ । भारतका दिल्ली, कोलकत्ता, कानपुर, पटनालगायतका सहरमा जाडो याम सुरु भएदेखि नै हावाको गुणस्तर मानव स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगिसकेको छ । उज्यालो अनलाइन बाट सभाार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.