सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारत बन्यो विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश

भारत एक सय अर्ब डलर रेमिट्यान्सको रेकर्डमा रहेको विश्व बैंङ्कले जनाएको छ । एसियाको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०२२ मा वार्षिक एक सय अर्ब डलरभन्दा बढी रेमिट्यान्स प्राप्त गर्ने बाटोमा रहेको विश्व बैंकको पछिल्लो प्रकाशित प्रतिवेदनले देखाएको हो ।

भारत विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश बनेको छ । विश्व बैंङ्कका अनुसार एकै वर्षमा यति ठूलो रकम भित्र्याउने भारत पहिलो देश हो ।

Sana Kishan

अमेरिकालगायत विकसित देशहरूमा भारतीयहरूको बढ्दो रोजगारी र ती देशहरूमा उनीहरूले पाउने पारिश्रमिक वृद्धिका कारण भारत १ वर्षमा एक सय अर्ब डलर रेमिट्यान्स भित्र्याउन सफल भएको विश्व बैंङ्कको भनाइ छ । विप्रेषण वा आप्रवासी कामदारबाट हुने कमाइ घरमा रहने परिवारका लागि महत्त्वपूर्ण स्रोत पनि हो ।

World Link Ads
Mahakali Polytechnic

पछिल्ला वर्षहरूमा भारतीय नागरिक अमेरिका, बेलायत, सिङ्गापुरलगायतका विकसित देशमा रोजगारी पाउने सूचीमा पर्दै गएका छन् । रेमिट्यान्सको यो रकम भारतमा कुल ग्रार्हस्थ उत्पादनको ३ प्रतिशत बराबर हो । विदेशमा काम गर्ने भारतीयहरूले पठाउने रकममा गएको वर्षभन्दा ५ प्रतिशतले वृद्धि हुँदा एक सय अर्ब डलर नाघेको प्रतिवेदनमा उल्लेख छ ।

Dirghayu Ads

उच्च रेमिट्यान्स भित्र्याउने अरु देशहरुमा मेक्सिको, चीन, इजिप्ट र फिलिपिन्स पनि रहेका छन् । दक्षिण एसियामा भारतपछि नेपाल रहेको विश्व बैंङ्कले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.