Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बझाङमा बामलोकतान्त्रीक गठबन्धनका साँझा उम्मेदवारहरू विजयी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ८, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बझाङमा बामलोकतान्त्रीक गठबन्धनका साँझा उम्मेदवारहरू विजयी भएका छन् । एउटा मात्रै प्रतिनिधिसभा सदस्य सिट रहेको बझाङमा बामलोकतान्त्रीक गठबन्धनका तर्फबाट साँझा उम्मेदवार रहेका नेकपा एकीकृत समाजवाका नेता तथा पुर्वमन्त्री भानुभक्त जोशी विजयी भएका छन् । मन्त्री जोशी २८ हजार १ सय ४३ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ऐन महरले २७ हजार १ सय ४५ मत ल्याएर पराजित भए । जोशी ९ सय ९८ मतान्तरले विजयी भएका छन् । जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि ७ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

दुई वटा प्रदेश सभा सदस्य सिट रहेको जिल्लामा प्रदेश सभा (क) मा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली काँग्रेसका पृथ्वी बहादुर सिंह विजयी भएका छन । सिंह नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ३६९ मतले पराजित गर्दै विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिंहले १६ हजार ६७७ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका ओखेडाले १२ हजार ९९८ मत प्राप्त गरेका छन् । यस्तै राप्रपा नेपालका कर्णबहादुर खड्का ४१२ र राप्रपाका हरिलाल भट्टराईले ३९५ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेश सभा (ख) मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता भीमबहादुर भण्डारीले जित हासिल गरेका छन् । नेकपा एमालेका उम्मेदवार लालबहादुर रावल (एलबी) लाई २ हजार ५ सय ४२ मतले हराउँदै भण्डारीले जित हासिल गरेका हुन् ।
भण्डारीले १३ हजार ८ सय ७९ मत ल्याए भने रावलले ११ हजार ३ सय ३७ मत ल्याउनु भएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवार कृष्णबहादुर सिंहले ४ सय ३८, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार वीरेन्द्र बहादुर मल्लले २ हजार २ सय ७२ र स्वतन्त्र उम्मेदवार गणेशबहादुर भण्डारीले ७७ मत पाएका छन् ।

जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार निर्वाचनमा ५१ दशमलव ८८ प्रतिशत मत खसेको थियो । एक लाख २२ हजार ३ सय ७६ मतदाता रहेको बझाङमा यस पटकको निर्वाचनमा ६३ हजार ४ सय ८९ मत मात्र खसेको हो ।

को हुन प्रतिनिधि सभा उम्मेदवार जोशी र महर

भानुभक्त जोशी
२०३६ सालमा नेपालगन्जको शिक्षा क्याम्पसमा अनेरास्ववियूबाट राजनीति प्रारम्भ गरेका जोशीले २०४६÷४७ सालको आन्दोलनमा पनि विद्यार्थी संगठनबाट अग्रपंक्तिमा रहेर काम गरेका थिए । २०४८ सालमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लडेका जोशी झिनो मतले पराजित भए । २०५१ सालमा भएको मध्यावती निर्वाचनमा भने उनी प्रतिनिधिसभा निर्वाचित भए ।

त्यो बेलामा ३ वर्ष जति सांसदको रूपमा काम गरेका जोशी २०६४ सालमा फेरि संविधानसभा सदस्यमा निर्वाचित भए । त्यो समयमा २ वर्षमा संविधान नबनेपछि २ वर्ष बढाएर ४ वर्ष कार्यकाल थपिएको थियो । ०६८ वैशाखमा मन्त्रिमण्डल पुनर्गठन हुँदा झलनाथ खनालको क्याबिनेटका जोशी वन तथा भू–संरक्षण मन्त्री जोशी थिए । उनले ४ महिना कार्यकाल सम्हालेका थिए ।

ऐन महर
२०५५ सालदेखि औपचारिक रूपमा राजनीतिमा होमिएका ऐन महर नेकपा एमालेमा सशक्त युवाको रूपमा चिनिन्छन् । विद्यार्थीको हकाधिकारका लागि संघर्ष गर्दै आएका महरले विद्यार्थी राजनीति तथा पार्टीको राजनीतिमा सफल नै रहे ।

२०७६ जेठमा अनेरास्ववियूको सर्वोच्च जिम्मेवारीसमेत सम्हालेका महर हाल एमालेको केन्द्रीय सदस्य छन् । तर, संसदको यात्रामा भने उनलाई सहज भएन । पहिलो पटक प्रतिनिधिसभा सदस्यको लागि चुनवी मैदानमा रहेका महर यसपटकका लागि भने संसद भित्र प्रवेशगर्न असफल भएका छन् ।

 

शिवजी मण्डेलले उपहार खबरमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै
फ्ल्यास हेडिङ

संसद् स्थगित गरी अध्यादेशमार्फत शासन चलाउने सरकारको कदमप्रति नेपाली कांग्रेस असहमत

बैशाख १५, २०८३
नेकपा एमालेको प्रमुख सचेतकमा महर चयन
राजनीति

नेकपा एमालेको प्रमुख सचेतकमा महर चयन

बैशाख ११, २०८३
पार्टीको एकमात्र बलियो ऐतिहासिक लोकतान्त्रिक पार्टि बनाउन नेता जोशीको आग्रह
राजनीति

पार्टीको एकमात्र बलियो ऐतिहासिक लोकतान्त्रिक पार्टि बनाउन नेता जोशीको आग्रह

बैशाख ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तमा महिला सशक्तिकरण केन्द्रको जलवायु तथा विपद् उत्थानशील योजना निर्माण सुरु

भीमदत्तमा महिला सशक्तिकरण केन्द्रको जलवायु तथा विपद् उत्थानशील योजना निर्माण सुरु

बैशाख २६, २०८३
चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व