डडेलधुरा प्रदेश क्षेत्र नम्बर ‘क’बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टको जित निश्चित भएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुदुरपश्चिम प्रदेश ईन्चार्ज समेत रहेका भट्टले एमालेका पठानसिंह बोहोरालाई पराजित गर्दै निर्वाचित हुने पक्का भएपनि औपचारिक घोषणा हुन बाँकी छ ।
यसअघि भट्ट २०६४,२०७० र २०७४ मा प्रतिनिधि सभामा उम्मेदवार बनेका थिए । तीनै पटक भट्ट शेरबहादुर देउवासँग पराजित बने पनि अहिले फेरिएको राजनीतिक समीकरणमा नेता भट्ट प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका थिए । सुदुरपश्चिममा राम्रो छवि बनाएका भट्ट लोकप्रिय नेतामध्येमा गनिन्छन् ।
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
प्रदेशको अहिले सम्म गणना भएको मतमा भट्ट २ हजार मतले अघि छन् । अव दुई वटा वडाको मत गन्न बाँकी छ । गन्न बाँकी सबै मत गन्दा बोहोराको पक्षमा गए पनि भट्ट नै अघि हुनेछन् । दुई वटा वडाको मत गन्न बाँकी रहँदा भट्टले १० हजार ७०५ मत र बोहोराले ८ हजार ७७८ मत पाएका छन् । उपहार खबर बाट सभार
![World Link Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/09/Blue-And-White-Creative-modern-Grow-Your-Business-Leaderboard-Ad.gif)
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/महाकाली-बहुप्राविधिक-शिक्षालय.gif)
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)