
प्रधानमन्त्री शेर बहादुर देउबाको गृह जिल्ला डडेल्धुरामा प्रतिनिधिसभा तर्फ ५ सय मतको गणना हुँदा देउबाले नै अग्रता लिएका छन ।

उनले अहिले सम्म २ सय ३९ मत पाएका छन । यस्तै नेपाली कांग्रेस (वीपी) कर्ण बहादुर मल्लले १ सय ४१ मत पाएका छन ।

स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा आएका सागर ढकालले ९७ मत मात्रै पाएका छन । मत गणना जारी नै रहेको छ । गोदावरी न्युज बाट सभार
