सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भोलिको मौसम सफा हुने, आज केही ठाउँमा सामान्य बदली

चुनावको मुख्य दिन भोलि देशका धेरैजसो ठाउँको मौसम सफा रहने अनुमान छ । मौसम पूर्वानूमान महाशाखाका अनुसार आज, भोलि र पर्सिसम्म नै मौसम सामान्यतया सफा नै रहनेछ । धेरै ठाउँमा घाम लाग्नेछ।

उच्च हिमाली एक÷दुई ठाउँ बाहेक देशभरको मौसम सफा नै रहने महाशाखाका मौसमविद् विनु महर्जनले बताउनुभयो । मतदानको दिन भोलि प्रदेश एक, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि पानी पर्ने तथा उच्च हिमपातको सम्भावना देखिएको छैन।

Sana Kishan

आज पनि प्रदेश एक, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली केही क्षेत्रमा मौसम सामान्य बदली रहेको छ । प्रदेश एक र गण्डकीका हिमाली एक÷दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । आज राति पनि मौसम यस्तै रहनेछ । अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ। उज्यालो अनलाइन बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.