सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमालेमै फर्किए बेलडाँडीका गणेश उपाध्याय

महेन्द्रनगर । स्थानीय चुनावपछि पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका बेलडाँडी गाउँपालिकाका नेता गणेश उपाध्याय नेकपा एमालेमै फर्किएका छन् ।

स्थानीय चुनावसम्म उनी एमालेको बेलडाँडी गाउँपालिका इन्चार्ज थिए । बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै उनले आफू मूलघर फर्किएको जनाएका छन् ।

माओवादी केन्द्रको अस्थिर भूमिकाका कारण आफू एमालेमै फर्किएको जनाएका छन् । विज्ञप्तिमा उल्लेख छ, ‘मैले लामो समय नेकपा एमालेमा आफ्नो उर्जावान समय खर्चेको र हरेक दृष्टिकोणबाट नेपाली राजनीतिमा नेकपा एमालेको भूमिका र राष्ट्र निर्माणको स्पष्ट दृष्टिकोण सबै कुराले एमाले नै राजनितिक रूपले राम्रो भएको प्रमुख राजनीतिक दल, कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेकपा एमाले नै भएको हुँदा आजकै मितिदेखि भ्रमवस प्रवेश गरेको नेकपा माओवादी केन्द्र परित्याग गरी आफ्नो मूल घर नेकपा एमालेमा प्रवेश गरी पार्टीको काम निष्ठापूर्वक गर्ने अठोटका साथ माओवादी केन्द्र परित्याग गर्ने घोषणा यसै विज्ञप्तिमार्फत सम्पूर्णमा जानकारी गराउँछु ।’

Mahakali Polytechnic

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.