सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पश्चिमी वायु बाहिरिँदै : पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली

Far weast coaching ad
70
Sana Kishan

पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

प्रदेश–१, बाग्मती र गण्डकी प्रदेशका पूर्वी क्षेत्रमा आज मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् हिरा भट्टराईका अनुसार यी क्षेत्रमा दिउँसो घाम लागे पनि मधुरो मात्रै लाग्ने छ । पारिलो घाम लाग्ने छैन ।

Arus
Karnali Traders

यस्तै, यी प्रदेशका हिमाली जिल्लामा हल्का हिमपात र केही पहाडी क्षेत्रमा हल्का वर्षाको पनि अनुमान छ । पश्चिमी वायु बाहिरिने क्रम सुरु भएसँगै पूर्व क्षेत्रको मौसममा असर परेको मौसमविद् भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार भोलि भने देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने छ । यस्तै, भोट हाल्ने दिन आउँदो आइतवार पनि सामान्यतया मौसम सफा नै रहने अनुमान छ। उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.