सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तापक्रम घट्न थालेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह

देशभरिको तापक्रम क्रमिकरूपमा घट्न थालेको छ । पश्चिमी वायुको प्रभावले मौसम आंशिकदेखि सामान्य प्रभावित रही तापक्रम क्रमिकरूपमा घट्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम नौ डिग्री सेल्सियस छ । अधिकतम तापक्रम भने २२ डिग्री सेल्सियस पुग्ने अनुमान छ । आइतबार काठमाण्डौको न्यूनतम तापक्रम यसवर्षकै कम आठ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

Sana Kishan

तापक्रम घटेसँगै चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ । मौसमविद् वरुण पौडेलका अनुसार न्यूनतम तथा उच्चतम तापक्रम घट्दै जाँदा चिसो बढ्नेछ । सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३० दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic

प्रदेश एक, वाग्मती र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बद्ली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका एक÷दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । उज्यालो अनलाइन बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.